loader

Open Call Photo Sindhuli

Published on 18 Sep, 2021
image Open Call Photo Sindhuli

फोटो सिन्धुली 

इतिहास नियाल्दा


विविध जातजाति,पर्यटकीय स्थल,कृषि उत्पादनलाई जोड्दै सिन्धुलीको पर्यटन प्रवर्धन गर्न सकिने प्रसस्त सम्भावना छन्। तिनै सम्भावनाको खोजी गर्न फोटो सिन्धुलीको आयोजना गरेका छौं। हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोशी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, बैष्णवी मन्दिर, शहश्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल छन् । अल्पसंख्यक हायु, थामी, पहरी मात्र होइन दनुवारलगायत विविध जातजातिको बसोबास समेत सिन्धुलीमा छ । यसर्थ, कृषि उत्पादनलाई जोड्दै सिन्धुलीको पर्यटन प्रवद्र्धन गर्न सकिने प्रसस्त सम्भावना छन् । तिनै सम्भावनाको खोजी हो, फोटो सिन्धुली । सिन्धुलीको प्राकृतिक, सांस्कृतिक, सामाजिक, जनजीवन, जीवनशैली, धार्मिक महत्वका फोटो पूराना/नया  फोटो पठाएर प्रदर्शनीमा सामेल हुनुहोस्।

#असोज१५ #सिन्धुलीगढीविजयदिवस


फोटो पठाउँदा ध्यान दिनु पर्ने महत्वपुर्ण निर्देशिकाहरु:-

  • तस्बिर आफैंले खिचेको कम्तिमा एकातर्फ २००० px (Pixel) @ dpi(dot per inch) ३०० भएको तस्बिर पठाउनु पर्ने छ । 

  • फोटो खिच्दाको कथासमेत सँगै सामेल गरेर पठाउनु पर्ने छ ।

  • तस्बिरसँगैं त्यसको विवरण (caption) समेत उल्लेख गर्नु पर्ने छ ।

  • तस्बिरमा खिच्नेको नाम उल्लेख हुनेछ । तस्बिर अन्यत्रसमेत प्रयोग गर्न सकिने छ । तस्बिरको कपीराइट(copyright) फोटोग्राफरसँगै हुनेछ । प्रयोग गर्ने अधिकार भने आयोजकसँग सुरक्षित हुनेछ ।

  • तस्बिर छनौटको अन्तिम अधिकार आयोजकसँग हुनेछ । 

  • छनौट नभएका तस्बिर पनि अन्यत्र प्रयोग गर्न आयोजकलाई अधिकार हुनेछ । 

  • अरुले खिचेको तस्बिर पठाउनेहरुले वास्तविक फोटो ग्राफरको स्वीकृति लिएको हुनुपर्ने छ । कसैले पठाएको तस्बिर अर्को ब्यक्तिले आफ्नो भएको दावी गरे त्यसको जिम्मेवार तस्बिर पठाउने ब्यक्ति स्वयं हुने छ । 


     

सम्पर्क

फोटो यस इमेल ठेगाना वा गूगल फारम वा फोटो नेपाल  वा स्टोरी साइकल बाट २०७८ साल असोज १० गतेसम्म पठाइसक्नु पर्ने छ।

 

 

 

 

 

 

 

 

 

 

user_logo

Published by photonepal

Other Blogs

Photo Exhibition Dharche

Photo Exhibition Dharche

Covid-19 and subsequent lockdown in Nepal and abro ...

Published On 06 Nov, 2020
Read More
Enhancing Online Presence, Barpak

Enhancing Online Presence, Barpak

On  Earthquake memorial week, April 25-26-27, ...

Published On 13 Apr, 2021
Read More