loader
photographer_image

comet ztf

by mithun_kunwar Published on Jan 29, 2023

हरियो पुछ्रेतारा नाम पुछ्रेतारा भएपनि वास्तबमा पुछ्रेतारा तारा नभएर ब्रह्माण्डमा भएको बरफ, धुलो तथा पानीको खगोलिय पिण्ड हो । सुर्येको नजिक आउदा सुर्येको तापले गर्दा उक्त पिण्डबाट ग्यास बन्दै जान्छ जुन हामीले पुच्छर को रुपमा देख्ने गर्छौं भने बाकी पिण्ड पनि सुर्येको प्रकाशले गर्दा चम्किलो देखिन्छ । पुछ्रेताराको आकार-प्रकार, पुच्छरको लम्बाई, रंग, चम्किलोपना, परिक्रमा अवधि आदि कुराहरु पुछ्रेताराको बनोट र परिक्रमाको बाटो मा भर पर्दछ । बिभिन्न समयमा विभिन्न नाम गरेका पुछ्रेताराहरु पृथ्वीको नजिकबाट जाने गर्छन । ति मध्ये कति नाङ्गो आखाले पनि सजिलै देख्न सकिन्छ भने कति दुरबिन तथा अत्याधुनिक यन्त्रको सहयोग ले मात्र देख्न सकिन्छ । यस्तै पुछ्रेताराहरु मध्ये हाल आकाशमा रहेको एउटा पुछ्रे तारा हो “जेड टि यफ” उर्फ हरियो पुछ्रेतारा । ५० हजार वर्ष पछी देखिएको यो पुछ्रेतारा वास्तविक बैज्ञानिक नाम भने “सी/२०२२ ई ३ जेड टि यफ” (C/2022 E3 (ZTF)) हो र यसको नाम यसरी रहन गएको हो ।

License and Use
Contact Photographer
Contact Photographer

Comments(0)

No comments yet